Websoft University

दुर्घटनामा मोटरसाईकल चालक घाइते


{फायल फोटो}
सुनसरी, पौष २२  गते । रातो  तारा  डट कम्,सुनसरीको रामधुनी नगरपालिका-५ झुम्कामा शनिवार मोटरसाईकलले साईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
दिउँसो साढे १२ बजेको समयमा पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को २० प ९१६२ नम्बरको
मोटरसाईकलले सोही दिशा तर्फ जाँदै गरेको साईकल यात्री ईनरुवा नगरपालिका-५ बस्ने नाछुराम चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकलका चालक काभ्रेपलाञ्चोक सखुवापाटी बस्ने बर्ष ४५ को रमेश खत्री समेत घाइते भई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङहोम पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा १ बजे मृत्यु
भएको हो । ठक्करबाट घाइते साईकलयात्रीको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.