काठमाण्डौं पुस २७ गते । रातो तारा डट कम,भक्तपुरमा आजदेखी ५ दिने तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०७५सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आयोजना गरिएको व्यापार मेलाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्नु भएको हो ।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ भक्तपुरले आयोजना गरेको एक्प्रो माघ ३ गतेसम्म सञ्चालन हुने छ । यस वर्षको मेलामा १५ देखि ५५ प्रतिशत छुटका साथ उपभोक्तालाई सरलरुपमा एकै ठाउँमा इलेक्ट्रोनिक्सका सबै सामग्री पाउने गरी मेला आयोजना गरिएको हो । १ सय ७० भन्दा बढी स्टल रहजनाएको छ ।
मेलामा विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामग्रीका साथ भक्तपुरका मौलिक उत्पादनतर्फ हस्तकला, काष्ठकला, अटोमोबाइल, सुनचाँदी र नेवारी खाजालगायतका कक्ष रहेका छन् । दर्शकको मनोरञ्जनका लागि चर्चित गायक गायिककाको सांस्कृतिक कार्यक्रम र खेल मेलाको पनि व्यवस्था रहेको आयोजक समितिका अध्यक्ष पुण्यराम खाताख्वले बताउनुभयो । मेला अवधिभर २ लाख दर्शकबाट ५० करोड भन्दा बढी कारोवार हुने आयोजकले अनुमान गरेको छ ।

Post a Comment