विराटनगर, माघ ७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत झापा र मोरङ जिल्लाबाट प्रहरीले आइतवार अन्दाजी ३ लाख ४० हजार १ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
झापाको झापा गाउँपालिका-२ लसुना चोकबाट प्रहरीले बिहान ९ बजे सिमा नाकाबाट मे १ प ५१९६, बि.आर. ३५३७ एन. ६४३७ नम्बरको मोटरसाईकल र एउटा साईकलमा भारतबाट नेपाल तर्फ भन्सार छली गरेर ल्याउँदै गरेको अन्दाजी ५२ हजार मूल्य बराबरको १ सय ३० ओटा ब्रोईलर कुखुरा बरामद गरेको हो ।
त्यसैगरी बिहान सवा १० बजेको समयमा झापाको भद्रपुर नगरपालिक-५ मेची किनारबाट प्रहरीले अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडाको सर्ट १ सय ४५ थान, जिन्स पाईन्ट १८ थान र टि-सर्ट ८० थान कपडा बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ । साथै ईलाका प्रहरी कार्यालय रानीले अन्दाजी ९८ हजार १ सय रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरी भन्सार बुझाएको छ ।
ईलाका प्रहरी कार्यालय रानी र सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीले आइतवार बिभिन्न समयमा महिला तथा पुरुषको कपडा लगायत किराना सामान बरामद गरेको थियो । बरामद सामान आजै विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment