संखुवासभा, माघ ७ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका-७ आमबोटे बस्ने सोममाया तामाङको घरमा आइतवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको ल्षति भएको छ ।
साँझ ६ बजे भएको उक्त आगलागीबाट तामाङको फुसको छानो भएको, ढुंगा, माटोले बनेको तीन तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात लगायत १ तोला सुन, ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ ।
आगलागी भएको जानकारी पाउनासाथ तत्काल तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा साँझ पौने ८ बजे नियन्त्रणमा लिईएको हो ।
आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment