बिराटनगर,माघ १० गते । रातो तारा डट कम,राष्ट्रिय किसान आयोगले कृषि उपजको सही मुल्य किसानलाई दिलाउनको लागि विषेश पहल गर्ने भएको छ ।
बजारको व्यवस्थापन राम्रो नहुँदा र बिचौलियाका कारण आफ्नो उत्पादनको राम्रो मुल्य नपाएका किसानहरुको समस्या समाधानका लागि आयोगले विशेष पहल गर्ने आयोगका प्रवक्ता रविन्द्र केसीले बताउनुभयो ।
उहाँले आयोगले छिट्टै नै मूल्य निर्धारण आयोग गठन गर्नेे र किसानहरुका सबै समस्याको समाधान गर्न पहल गर्ने सीआईएनसँग बताउनुभयो । वास्तविक किसानले सरकारी सेवा सुविधा पाउन नसकेका विषयमा पनि आयोग गम्भिर रहेको उहाँको भनाइ छ ।
उहाँले आयोगले सबै किसानको गुनासो सुन्ने भएकाले कृषि सम्बन्धी कुनै समस्या परेमा आयोगमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
Post a Comment