बिराटनगर पुस २२ गते । रातो तारा डट कम,क्यान इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार आयोजना भएको छ ।
विभिन्न १५ बढी समुहहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।
उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै क्यान मोरब अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए । उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरुको आकर्षण बढिरहेको बताए ।
महानगरले सबैसँग हात्तेमालो गर्दै यस क्षेत्रमा काम गर्ने पराजुलीले बताए । रोबोवारमा कसमस र
डिस्ट्रक्सन समुह फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा १ का बिरुद्ध २ अंकले पराजित गर्दै कसमस समुहले फाइनल अपाधी हासिल गरेको छ ।
उक्त समुहले क्यास रकम सहित विभिन्न कम्पनीहरुले उपहारहरु प्रदान गरेका थिए । विजयी समुहलाई समापनमा सम्मान गरिने आयोजकले बताएको छ ।
Post a Comment