बिराटनगर, पुस २२ गते । रातो तारा डट कम,Nextterm
Education & visa Services(NEVS)लेबिराटनगरमा आफनो शाखा कार्यलय खोलेर यहाँबाट अष्ट्रेलिया पढन जानेहरुका लागि सुनौलो अवसर प्रधान गर्नेभएकोछ ।
बिराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि लामो समय सम्म शिक्षा क्षेत्रमा काम गरेका बिराटनगरका समाज सेवी तथा बिराठेश्वर बृद्घाआश्रम बिराटनगर ८ का अध्यक्ष जगत अर्यालबाट कार्यलयको उदघान गराई काम सूरु भएको जानकारी गराइएको थियो ।
आधुनिक प्रबिधि र गुणस्तरीय उच्च शिक्षा हासिल विस्वा भरीका करिव ५ लाख मानिसहरु अष्ट्रेलियाका बिभिन्न विश्वबिधालयमा शिक्षा हासिल गर्न जाने गरेका छन भने करिव २ सय मुलुकका मानिसहरु त्यहाँ अहिले पनि बसोवास गर्ने गरेको पाइन्छ ।
Nextterm Education & visa Services(NEVS)अष्ट्रेलियाको सिडनी,नेपालको चितवन,पाखरा,काठमाण्डौं, र आज देखि बिराटनगरबाट परामर्श सेवा सुरु गर्ने भएकोछ ।
यो NEVS- visa services ले ३ वर्ष पहिला देखि अष्ट्रेलियामा गुणस्तरीय शिक्षा हासिल गर्न चहाने भाई बहिनीहरुलाई परामर्श प्रधान गर्दै आएको कुरा आज बिराटनगरमा भएको पत्रकार सम्मेलनमा मेनेजिङ डाइरेक्टर अनिस रिजालले बताउनु भएको छ ।
यो संस्था नेपाल सरकारको कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भई शिक्षा मन्त्रालयबाट पनि इजाजत प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
Post a Comment