Websoft University

धरानका युवा निर्माण व्यवसायी अनोज भटराई वेपत्ता


शिव भट्टराई सुनसरी पुस २४ गते । रातो तारा डट कम,
धरानका युवा निर्माण व्यवसायी(ठेकेदार)अनोज भटराई हिजो बिहानदेखि वेपत्ता भएका छन् । धरान १४ निवासी भटराई बिहान ८ बजे घरबाट निस्केका थिए ।

विराटनगर सडक डिभिजन कार्यालयमा पेमेन्ट लिन भनेर हिडेका भटराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशंका गरिएको छ । परिवारजनले हिजै सोमबार प्रहरीमा निवेदन दिएका थिए । बेपत्ता भएका अनुजका बुबा रमेश भटराईका अनुसार बिहान ८ बजे घरबाट निस्केपछि सम्पर्कबिहिन भएका थिए । ‘९ बजेतिर बुहारीले फोन गर्दा लाग्दै लागेन । बाह्र बजेतिर छोराको मोवाइलबाट अनुज मसँग छ, पछि कल गरौला बाई भनेर म्यासेज आयो,’बुबा रमेशले भने । दिनभरि सम्पर्क नआएपछि वडाअध्यक्ष एवं भतिजा कृष्ण भटराईले प्रहरीमा निवेदन दिएको बुबा रमेशले बताए ।

परिवार तथा साथीभाईले सोधीखोजी गर्दा अनोज बिहान चतरालाइनबाट धर्मपथतिर जादै गरेकोसम्म पत्ता लागेको थियो । अनुजले धरान भेडेटार सडकखण्डमा पर्ने निसाने पहिरोको मर्मत ठेक्का लिएका थिए । उनी सोमबार सोही कामवापतको भुत्तानी लिन विराटनगर जादैथिए । तर प्रहरीले मोवाइल ट्रेस गर्दा विराटनगरबाट पुर्वतिर लागेर काकडभिट्टासम्म मोवाइल टावर देखिएको थियो । ‘अन्तिम टावर काकडभिटा देखियो, हामीलाई अपहरण भएको आशंका छ,’अनुजको खोजीमा लागेका साथी एवं नेपाली कांग्रेस नगर सचिव श्याम पोख्रेलले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.