Websoft University

सुडानमा जारी प्रर्दशनले कडारुप लिदै,

{फायल फोटो}
काठमाण्डौं,माघ १२ गते । रातो तारा डट कम,खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानको राजधानी खार्तुममा जारी प्रर्दशन कडारुप लिदै गएको छ । खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

चिकित्सक,शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएपछि सुडानको  यातायात सेवा ठप्प भएको छ भने यसले जनजीवन प्रभावित भएको छ ।  प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरले राजीनामा नदिएसम्म आन्दोलन थप चर्काउने चेतावनी दिएकाछन् ।

प्रदर्शनकारीहरुले सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ४० जनाभन्दा बढीको मृत्यु भइसकेको  छ   ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.