Websoft University

आगलागीबाट लाखौको क्षति


धनकुटा, पौष २३  गते । रातो तारा डट कम, धनकुटाको सागुरीगडी गाउपालिका-३ स्थित पुर्ण बहादुर युवाङ लिम्बुले पालेको बोइलर कुखुराको फर्ममा आगोलागी भएको छ ।

आइतबार दिउँसो साढे १२ बजेको समयमा खोरमा चल्लालाई तातो बनाउनलाई बालेको आगोबाट टाटिमा आगो सल्कन गई आगोलागी हुदा कुखुराको चल्ला ८१६ थान, कुखुराको फर्म , ढुंङ्गा माटो र काठले बनेको टिनको छानो भएको १ तल्ले घर तथा घर भित्र रहेको जिन्सी सामान समेत जलेर नष्ट हुँदा अंदाजी १७ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागी प्रहरी चौकी मुलघाट बाट खटिएको नेपाल प्रहरीको टोलि, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिउँसो साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.