Websoft University

पोखराको हट एयर बलुनको फाइदा गोपी प्रचारको काइदा


काठमाडौ पुस १८ गते । रातो तारा डट कम, पोखरा
पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।

केही समय अगाडि मात्रा नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । 'पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका  हौँ', फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.