सुनसरी, पौष २४ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित कोशी राजमार्गमा स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ ५ बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गर्दा को. ३४ प. ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा इटहरी १ आपगाछी बस्ने बर्ष ३० की परिस्ता राई घाईते भएकी थिईन । दुर्घटनामा परेर गम्भीर घाईते भएकी राईको उपचारको क्रममा साँझ साढे ६ बजेको समयमा बिराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तरहराले जनाएको छ ।
यसैगरी उदयपुरको बेलका नगरपालिका वडा नंबर-९ रामपुर चौक स्थित चतरा रुपनगर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । सोमबार दिउँसो साढे १ बजेको समयमा पश्चिबाट पूर्व तर्फ जादै गरेको स. १ त. ५७४६ नम्बरको ट्याक्टरको पछाडी बा.३६ प. ७२६१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष ३२ को बिरेन्द्र कुमार राई गम्भीर घाईते भएका छन् ।
घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरीको टोलि खटिगई घाईतेलाई उद्धर गरी उपचारको लागी विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो भने दुवै सवारी साधन र ट्याक्टर चालकलाई समेत नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
साथै झापाको कमल गाउँपालिका-६ दही चौक पाडाजुगी गौरिगंज सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । सोमबार राती सवा ८ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे. ३ प. २८८३ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थान बस्ने बर्ष ४५ का पाकु धिमाल लाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएका धिमाललाई उपचारको लागी लाइफ लाइन अस्पताल दमक लगिएको छ भने मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment