शिव भट्टराई सुनसरी माघ ७ गते । रातो तारा डट कम,
नेपालका प्रथम जगतगुरु वाल सन्तको पहलमा विगत डेढ दसक अघि देखि प्राचिन हरिद्धार चतरामा हुन थालेको कुम्भ मेला अन्र्तगत आगामी चैत्र महिनामा अर्ध कुम्भमेला सञ्चालन हुने भएको छ ।
नेपालमा पहिलो कुम्भमेला लगाइएको उल्लेख भएको प्रमाणका आधारमा २०५९साल देखि सुरु भएको कुम्भमेला लगाउने परम्परालाई निरन्तरता दिदै आगामी चैत्र २३ गते देखि बैशाख २४ गते सम्म एक महिने कुम्भ मेला लगाउने तयारी भई रहेको हो ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरि आगामी चैत्र महिनाबाट सुरु हुने एक महिने कुम्भ मेलाका प्राचिन हरिद्धार चतरामा हुने जगत गुरुले जानकारी दिए । देवकालीन समयमा देवता र द्धैत मिली मन्द्राचल पर्वतको मदानी तथा वासुकी नागको नेती वनाई समुन्द्र मन्थन गर्दा निस्कीएको नौनी र तरको पिण्ड निस्कीएको कौशिकी टकमा स्वयम हरिहर विष्णुले पहिलो पटक कुम्भ मेला लगाएको स्थानमै लगाइने चतराको कुम्भ मेलाको ठुलो धार्मिक महत्व रहेको समेत जगत गुरुले वताए ।
धर्मकै माध्यमद्धार परस्परप्रेम सद्भावको अभिवृद्धि गर्दै राष्ट्यि एकता सर्वभौमिकता अखण्डता र देशभक्तिको भावना जनजनमा सञ्चार गर्न र आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धनका लागि समेत कुम्भ मेला महत्वपुर्ण हुने जगतगुरुको तर्क रहेको थियो । नेपाल २०५९सालमा पुर्ण कुम्म ,२०६३मा अर्ध कुम्भ , २०७०मा बाह्रवर्षे पुर्ण कुम्भ मेला सम्पन्न भई सकेको छ । नेपाल र भारत दुवै देशमा प्रत्येक वाह् वाह् वर्षमा कुम्भ मेला लगाउने गरिएको छ ।
भारतमा माघ महिनामा कुम्भ लगाउने गरिएको छ भने नेपालमा चैत्र महिनामा कुम्भ मेला लगाउने गरिएको छ । भारतको इलाहवादमा अहिले अर्ध कुम्भ मेला चलिरहेको छ भने चतरामा आगामी चैत्रबाट एक महिने कुम्भ मेला लाग्दै छ । नेपालमा कुम्भ मेला जगतगुरुले लगाउन थाल्नु भन्दा अघि छिमेकी मुलुक भारतका प्रयाग , नासिक तथा उज्जैनमा मात्र कुम्भमेला लाग्ने गरेको थियो ।
कुम्भ स्नानका लागि नेपालीहरु समेत ठुलो धनरासी खर्चदै तेतै जाने गरेका थिए । नेपालमा कुम्भ लाग्न थालेपछि भारत तथा अन्य देशहरुबाट समेत कुम्भ स्नानका लागि ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन ।
Post a Comment