Websoft University

महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा १९ गते राष्ट्रपति स्वागत लागि तयारी पुरा

बिराटनगर पुस १८ गते । रातो तारा डट कम,सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको १ नम्बर प्रदेशमा हुने  भ्रमणकै क्रममा  पूर्वाञ्चलकै अग्रणी शैक्षिक संस्था महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस, विराटनगर पनि उहाँको स्वागतकोतयारीमा जुटेको कुरा आज भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

भोजपुरको गुराँसे निवासी बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्री विद्यादेवी पाण्डे वि स २०३९ /४० सालमा महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पसको मानविकी संकायको  बि. ए. प्रथम वर्षमा  भर्ना भएको, राजनीतिशास्त्र र ईतिहास विषय अध्ययन गरेको र भर्ना क्रमको आधारमा उहाँको रोल नम्बर ३२० रहेको क्याम्पसको तत्कालीन अभिलेखले देखाउँछ । सोही क्रममा उहाँले विद्यार्थी राजनीतिमा समेत प्रवेश गरी स्वतन्त्र विद्यार्थी युनियनमा समेत उहाँ निर्वाचित भएको उहाँका समकालीनहरु बताउँछन् ।

भोलि मिति २०७५ साल पौष १९ गते दिनको १ बजे देखि  ४५ मिनटको समय उपलब्ध गराई आफूले अध्ययन गरेको क्याम्पसको अवलोकन गर्ने उहाँको ईच्छालाई सम्मान गर्दै क्याम्पसका वर्तमान तथा पूर्व क्याम्पस प्रमुखज्युहरु, प्राध्यापकज्युहरु, कर्मचारी वर्ग तथा विद्यार्थी वर्ग सम्माननीय राष्ट्रपति ज्युको स्वागतार्थ  तयारीमा जुटेका छौं ।  क्याम्पसको चाहनालाई उच्च प्राथमिकतामा राखी हामीबीच आउने सहमति दिनु भएकोमा क्याम्पस प्रमुख बाबुराम तिमल्सेना तथा सम्पूर्ण क्याम्पस परिवार सम्माननीय राष्ट्रपतिप्रति हार्दिक आभार समेत व्यक्त गर्दछ ।
तस्विर साभार : अनलाइन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.