Websoft University

भाडा वर्तन बोक्ने बलेरो गाडीले लागू औषध पनि बोक्दै


फायल फोटो-
श्याम राई उदयपुर-गाईघाट,पौष २४ गते । रातो तारा डट कम,
मोटरसाईकल र सार्वजनिक यातायातको साधनलाई प्रयोगगरि लागू औषधको कारोवार हुँदै आएकोमा पछिल्लो पटक लागू औषध कारोवारीले भाडा कुडा बोक्ने सवारी साधनलाई कारोवारको माध्यम बनाएको खुल्न आएको छ ।

उदयपुर र सप्तरी जिल्लाको सिमास्थीत लालपत्ता ढाडमा प्रहरीले मंगलबार विहान भाडा वर्तन बोक्ने बलेरो गाडी चेकजाचको क्रममा लागू औषध बरामद गरेपछि त्यस्तो तथ्य सार्वजनीक भएको हो । भाडा कुडा बोक्ने ब

सिराहाको लहान बजारदेखि भाडा बर्तन बोकेर गाईघाटतर्फ आउँदै गरेको स १ च १६९७ नम्बरको बोलेर जिपमा सवार २ जनाको शरीरमा लुकाई राखेको २४ एम्पुल, डाईजोपाम, लुपिजेसिक र फेनारगनगरि ५० एम्पुल लागू औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी चन्द्रदेव राईले बताए ।

जिपमा सवार त्रियुगा नगरपालिका १२ का १९ वर्षिय जेनिस राई र वडा न. ११ का १६ वर्षिय निशान रिजालको शरीर खान तलासी गर्दा उक्त परिणामको लागू औषध भेटिएको एस.पी. राईले बताए । प्रहरीले उनीहरुसँगै गाडीका चालक सिराहा सरदुवान कट्टी–६ का २९ वर्षिय देव कृष्ण खड्गा यादवलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रक्रउ परेका राई र रिजाल लागू औषधका सेवनकर्ता र कारोवारी भएको प्रहरीले जनाएको छ ।‘ उनीहरुले भारतको लौकीबाट विक्री को लागि लागू औषध ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उदयपुरको गाईघाट, खोटाङंमा भित्रीने लागू औषध लहानको कारोवारी मार्फत हुदै आएकोमा केही समय यता लहान प्रहरीले लागू औषधको कारोवारी र सेवनकर्ता विरुद्ध कडा कार्यवाही अभियान शुरु गरेपछि लागू औषधको कारोवारमा भन्दि आएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.