Websoft University

उद्योग संचालनका लागि उद्योग पतिहरुलाई मन्त्रीको आग्रह


काठमाण्डौं,पुस १९ गते । रातो तारा डट कम,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गर्नुभएको छ । मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

चिनी उद्योगीहरुले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन् । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिनभित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.