Websoft University

चिनी उद्योग सञ्चालन गर्न उखु किसानको माग


काठमाण्डौं,पुस २१ गते । रातो तारा डट कम, सर्लाहीका उखु किसानले अभिलम्ब चिनी उद्योग सञ्चालन गर्न माग गरेका छन् । सरकारले तय गरेको मूल्यको स्वागतगर्दै किसानले अब तत्काल उद्योग सञ्चालन हुनुपर्ने माग गरेका हुन् ।

उनीहरुले आज यही माग राख्दै ईलाका प्रशासन कार्यालय हरिवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएकाछन् । तत्काल चिनी उद्योग सञ्चालन हुनुपर्ने, सरकारको तर्फबाट दिने भनिएको गत वर्षकै ६५ रुपिँया २८ पैसा अनुदान रकम उपलब्ध गराउनुपर्ने र केही चिनी उद्योगहरुले अघिल्ला वर्षहरुकै रकम उपलब्ध गराउन बाँकी रहेकाले सो रकम तत्काल उपलब्ध गराउन ज्ञापन पत्रमार्फत माग गरिएको हो ।

सात दिनभित्र आफूहरुको यी माग पुरा नभए चरणवद्ध आन्दोलनमा उत्रने निर्णय भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । सरकारले यस वर्षका लागि उखुको प्रति क्विन्टल मूल्य पाँच सय ३६ रुपिँया ५६ पैंसा तय गरिएको निर्णय हिजोमात्रै सार्वजनिक गरेको थियो ।

तर चिनी उद्योगीहरुले भने उद्योग घाटामा रहेकाले आफूहरुको सल्लाह बिनै तोकिएको मूल्य स्वीकार्य नरहेको बताएका छन् । यता उद्योगीले विभिन्न बाहाना बनाएर पुस अन्तिम भैसक्दा समेत मिल सञ्चालन नगर्दा किसानको उखु खेतमै सुक्न थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.