Websoft University

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, २ घाइते


विराटनगर, पौष २७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत झापा, सुनसरी र मोरङ जिल्लामा बुधवार र बिहीवार छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा वुधवार मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

राती ११ बजेको समयमा सुरुङगा चम्पापुर भित्री सडक खण्डमा उत्तर तर्फ जाँदै गरेको  मे ५ प ९१९८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भटमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलमा सवार चालक कन्काई नगरपालिका-३ बस्ने  बर्ष २१ को हप्पन मुर्मुको घटना स्थलमा नै मृत्यु भएको हो । 

त्यसैगरी सुनसरीको दुहबी नगरपालिका-४ मलहट्टीमा बिहीवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । दिउँसो पौने ४ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १९ प २४४३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई  बुढी पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार चालक दुहबी नगरपालिका-९ बस्ने बर्ष २२ को अजय चौधरी, पछाडी सवार बर्ष २० को  जोग नारायण चौधरी र मोरङ बुढीगंगा गाउँपालिका-३ बस्ने बर्ष २५ को उमेश थान्दार घाइते भएका थिए । दुर्घटनामा घाइते तीनै जनालाई उपचारको लागि स्थानीय जिवन ज्योती क्लिनिक दुहबी पठाईएको थियो भने थान्दारलाई थप उपचारको लागि विराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको  छ ।

साथै मोरङको धनपालथान गाउँपालिका-३ भलुवा खोलामा ट्याक्टर दुर्घटना हुँदा बिहीवार १ जनाको मृत्यु भएको छ । अपरान्ह पौने ५ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ खेतमा पानी पटाउने मेशिन बोकेर जाँदै गरेको को. २ त. ४८६५ नम्बरको  ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँ बस्ने बर्ष ४० को अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको सिमा प्रहरी चौकी मायागंजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.