Websoft University

भव्य योग शिविर हुँदै


विराटनगर, माघ १३ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविरहुनेछ। शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकद्वारा प्रशिक्षण दिइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिनुभयो ।

बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरुका लागि शिविर संचालन हुनेछ । शिविरमा सहभागी हुनेहरुका लागि विराटनगरका विभिन्न ८ स्थानमा बस सेवा पनि संचालन गरिने मन्त्रालयले जनाएको छ ।

विराटनगर– १२ पिचरा चौक, विराटनगर– ३ पुष्पलाल चौकमा रहेको प्यारागन स्कूल अगाडी र पुष्पलाल चौक, विराटनगर ४ जामुनगाछी मदरल्याण्ड एकाडेमी, विराटनगर– १८ मिल्स एरिया पूर्वाञ्चल विद्या सदन अगाडि, विराटनगर– ७ हाटखोला ग्रेडेड स्कूल, विराटनगर– ८ मधुमारा स्थित अमरसेवा सदन अम्मबर टोलमा, विराटनगर– ८ अष्टचिरिन्जी मन्दिर अगाडि र विराटनगर–४ राजवंशीचौक अगाडि बस लाग्ने घिमिरेले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.