बिराटनगर माघ ९ गते । रातो तारा डट कम,“स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” भन्ने नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनीको विराटनगरमा आज १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएकोछ ।
उदघाटन सत्रलाई सम्वोधन गर्दै मन्त्री कार्कीले बिराटनगर धेरै व्यापारीक संमभावना बोकेको ठाउ हो । यसो भनिरहदा बिराटनगरलाई इाट हेर्दा अनौठो जस्तो भए पनि यो ठाउ व्यापारिक औधोगिक नगरिक बास्तमै हुन पुगेको पाइन्छ ।
उदारणका लागि यहाँ भरखरै खोलिएको सुपर महल भाट भटिनीलाई लिन सकिन्छ । अन्त्यमा तपाईहरुलाई प्रदेश सरकारले के सहयोग गर्न सकिन्छ गर्न आफुहरु तयार रहेको बताउदै यो जुता मेला वा विराट फूटवेयर एक्पो–२०७५ सफल होस भन्दै शुभकामना दिनु भयो ।
कार्यक्रममा कोशेली छाला जुता उधोगका प्रबन्ध निर्देशक रबिन श्रेष्ठ लगाएतका वक्ताहरुले पनि मेला सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमका सभापति तथा पुर्व अध्यक्ष होम नाथ उपाध्यायले कार्यक्रमलाई सम्वोधन गर्दै यो वर्षको जुता मेलाको बारेमा जानकारी गराउनु भएको थियो ।
विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शन मेला आज देखि माघ ३० गतेसम्म विराट फूटवेयर एक्स्पो संचालन गर्न लागेको बताउनु भएकोछ । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादनका करिब २४ स्टलहरू सम्म राख्न सकिने बताउनु भयो ।
एक्स्पोमा महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छुटमा आजैबाट विक्री गरिने मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको उनले जानकारी गराउदै सबैलाई एक पटक मेला अवलोकन गरिदिन समेत अनुरोध गर्नु भएकोछ ।
Post a Comment