काठमाण्डौं माघ १० गते । रातो तारा डट कम, महाडमा हिमपात र रौतहट सहित तराईका बिभिन्न जिल्लाहरुमा हिमपात र आकांसबाट परेको पानीले चिसो झन् बढेको हो । मौसम बदली भई भईरहेको वर्षाले चिसो बढेपछि रौतहट लगाएत तराइको जनजीवन चिसोले कष्टकर बन्न थालेकोछ ।
माघ महिनामा चिसो लाग्ने भएपनि आज विहानै देखी एक्कासी परिरहेको पानीले झन् चिसो बढाएको छ । पानी पर्नुका साथै चलिरहेको चिसो हावाले याँहाका स्थानीय वासिन्दालाई समस्या भएको छ ।
चिसो बढेपछि खास गरेर वृद्धवृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । यसैविच वर्षा भएपछि चिसो बढेपनि किसानहरुलाई फाईदा भएको छ । वर्षाले तरकारी र गहुँका खेती गरेका किसानहरुलाई फाईदा भएको देखिएको छ ।
वर्षाले खेतमा हिलो भई बालीनालीको उत्पादनमा वृद्धि हुने भन्दै किसानहरु खुसी भएका छन तर मसुरोको खेती गरेका किसानलाई वर्षाले क्षति पु¥याएको छ । वर्षाको पानीले मसुरो नराम्ररी प्रभावित भई पछि सुक्न सक्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।
Post a Comment