बिराटनगर÷रातो तारा डट कम,विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन । अब स्थानिय निकायको जिम्मेवारी धेरै भएकोले आइटीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा कि नोट स्पिकरको रुपमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिष पोखरेल रहनुभएको थियो । आइसिटी प्रयोग विना अब देश समृद्ध र विकास हुनै नसक्ने बताउदै पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै अब स्थानिय निकाय र सरकारले आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेबताए । यसैगरी कन्फ्रेन्समा एक्सेसिवल गुड गर्भनेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र पस्तुत गर्नुहुने छ ।
यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुको बारेमा मडिन्द« अर्यालले प्रस्तुती दिनुभएको थियो ।साइबर क्राइमको बारेमा प्रकाश उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो ।
राजन लम्सालले सञ्चालन गरेको प्यानल डिस्कसनमा प्रा.डा मनिष पोखरेल, क्यान मोरबका अध्यक्ष राजन यादव, विराटनगर महानगरपालिकाका आइटी अफिसर यादव श्रेष्ठ र सून्दर हरैचाका आइटी अफिसर रोशन खनलाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधि, आइटी कलेज तथा कम्पनीहरु सहित ७० जनाको सहभागिता रहेको थियो ।
Post a Comment