Websoft University

जहाज खरिदमा मन्त्रीलाई कानुन अनुसार कारबाही हुने


काठमाण्डौं,पुस २४ गते । रातो तारा डट कम,संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र तत्कालिन सचिव शंकरप्रसाद अधिकारीलाई हदैसम्मको कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । हिजो बसेको समिति बैठकले वाइडबडी विमान खरिद अनियमितामा सचिव देवकोटा र महाप्रबन्धक कंसाकारलाई मुख्य दोषी रहेको प्रतिवेदन दिँदै उनीहरुमाथि कारबाहीको सिफारिस गरेको हो ।

लेखा समितिले विमान खरिद गर्ने निर्णयताकाका पर्यटन सचिव प्रेमकुमार राईलाई भने सफाइ दिएको छ । यसअघि लेखा समितिको उपसमितिले राइलाइ पनि दोषी रहेको जनाएको थियो, तर गलत जानकारीका आधारमा राइको नाम उल्लेख गर्न परेको भन्दै प्रतिबेदनमा नाम सच्चाइएको हो । यस्तै समितिले पुर्व पर्यटन मन्त्रीहरु जीवन बहादुर शाही, जीतेन्द्र देव र बर्तमान मन्त्री रबिन्द्र अधिकारी तीनै जनालाइ नैतिक जिम्मेवारी लिन र यसबारेमा कानून सम्मत अध्ययन गरि कारबाही गर्न सिफारिस गरेको छ ।

उपसमितिमा बसेका र केही समितिका सदस्यहरू मन्त्रीहरुलाई उम्काउने विषय मान्न तयार नभएपछि सबैलाइ एउटै कारबाही गर्ने गरि निर्णय गर्न समिति सहमत भएको हो । उपसमितिका सदस्यहरुले मन्त्रीलाई कानुनी कारबाहीको सिफारिस रहँदैन भने असहमति जनाउने चेतावनी दिएपछि कानुनसंवत अनुसन्धान गरि सोही अनुसार कारबाही गर्न सिफारिस गर्ने निर्णय समितिले गरेको सभापति भरत शाहले जानकारी दिनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.