Websoft University

रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा


काठमाण्डौं,पुस २१ गते । रातो तारा डट कम,तपस्विका रुपमा चिनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले आज पनि खानतलासी गर्नेभएको छ । हिजो देखि सुरु भएको खानतलासी आज पनि जारी रहने जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख मुकुन्द मरासिनीले सीआईएनलाई जानकारी दिनुभयो ।

आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकको प्रहरी कार्यलयसँगको सहकार्यमा खानतलासी सुरु गरेको हो । हिजो अनुसन्धान टोलीले आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान गरेको थियो।  मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकको आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.