Websoft University

दुबै छोरा अपांगता हुँदा टुट्यो अर्जुनको सपना


शिव भट्टराई - सुनसरी  पुस २३ गते । रातो तारा डट कम,
शरीर हेर्दा ठीकै जस्तो देखिन्छ । तर उनी बाटोमा जनावर जस्तै घस्रिरहेका छन् । अर्का पनि आँगनमा उसै गरि घस्रिरहेको दृश्य देखिन्छ । यी हुन बराहक्षेत्र ८ गलफडियाका अर्जुन धामिका  १० बर्षिय र ७ बर्षिय छोराहरु ।

सपाङ्ग  बाउ आमाका बुढेसकालका साहारा यी २ सन्तान तर कस्तो बिडम्बना दुवै शारीरिक अपाङ्ग , कसको सपना हुदैन र आफ्ना सन्तान लाई पढाउने बढाउने ठूलो मान्छे बनाउने । तर भएका दुबै सन्तानको यो अवस्था भएपछि अर्जुनका सबै सपना टुटेका छन् ।

अहिले उनी ३८ वर्षका भए । उनको विवाह २०६३ सालमा भयो । तेयावत्ती धामी सँगको साथले  अर्जुनको जीवनमा ठूलो परिवर्तन र खुसी ल्यायो । उनको यो बैवाहिक बन्धन सँगै नयाँ जीवन शैली राम्रै चलिरहेको थियो । यही क्रममा २०६५ सालमा उनको जीवनमा झन थप नयाँ खुसी आयो । उनको सन्तानको रुपमा जेठा छोराको जन्म भयो । जेठा छोरा उगमको आगमनले उनको परिवारमा सबैलाई हर्सित तुल्लाएको थियो ।

उगमको उमेर बृद्धि सँगै विस्तारै उनी भित्रको शारीरिक अपाङ्गता उजागर हुन थाल्यो । पहिला सामान्य लागेको उनको यो परिवारलाई  पछि भने उगमको चिन्ताले सताउन थाल्यो । हिड्ने उमेर भए पनि उगम हिडडुल गर्नै नसक्ने अबस्थामा थिए । उगमका वुवा अर्जुनले केही स्थानिय अस्पतालमा देखाए ।  त्यहाँ उगमको उपचार हुन सकेन ।

उनले राम्रो स्थानमा उपचारको लागि लान सकेनन् । पीडा पीडैमा  चित्त बुझाएको यो परिवारमा फेरि २०६८ सालमा कान्छो सन्तानको रुपमा सुगम धामीको आगमन हुन्छ । उनको यो आगमनले परिवारमा फेरि अर्को खुसीको बहार छायो । जेठो छोरोको त्यो अबस्थाको चिन्ता बाट गुज्रिरहेको यो परिवारलाई केही सान्तना मिल्यो । तर भाग्य पनि कस्तो । जति जति कान्छोको उमेर बढ्दै गयो उती कान्छोमा पनि  जेठा छोराको जस्तौ समस्या देखा पर्न थाल्यो ।

केही चिन्ताको भुमरी बाट खुसी आउन लागेको परिवारमा पुनः चुच्चे ढुङ्गो उही टुङ्गो बन्न पुग्यो यो परिवारलाई । राम्रो आर्थिक अबस्था पनि नभएको कारण यी वालक उगम तथा सुगमका वुवा आमा दुवैलाई दिनभरि काममा जानु पर्ने बाध्यता थियो ।

घरमा त्यस्ता सन्तानको चिन्ता त छदैछ त्यस माथि  यी सन्तानको रेखदेख गर्नु पर्ने भएकोले काममा जान समेत असहज भएको कारण घर खर्च चलाउन समेत गाह्रो हुन थाल्यो । एकछिन त्यसैे छोडि दियो भने धुलो, फोहोरमा खेल्ने,खाने,फोहोर स्थानमा जाने क्रियाकलाप गर्न थाले । शारीरिक अपाङ्ग मात्र होला भन्ने सोचेका थिए वुवाआमाहरुले तर यी वालकहरुमा त मानसिक रुपमा पनि पो सुस्त देखिन थाले । दुवै वालक उगम तथा सुगम मानसिक रुपमा पनि सुस्त रहेका छन् ।

एक पछि अर्को तनाव थपिदै गएको थियो वुवा आमालाई । यी वालक दाजुभाइको बोल्ने समय भएपनि नबोले पछि अभिभावकलाई थाहा भयो कि यी वालकहरु त बोल्न पनि पो नसक्ने अबस्थाको पनि पो समस्या रहेछ ।

अहिले जेठा छोरा उगम १० वर्षका भए कान्छा सुगम ७ वर्षका छन् तर न हिडडुल गर्न सक्छन,न राम्रो मानसिक अबस्था रहेको छ न बोल्ननै सकछन् । अर्थिक अबस्थाको कारण राम्रा तथा उपकरण युक्त अस्पतालमा वुवा आमाले उपचारनै गराउन सकेका छन् न त सहयोगको लागि कतै धाएका र पहलनै गरेका छन् ।

सामान्य लेखपढ गरेका यी वालकका पिता अर्जुन दिनभरि ज्याला मजदुरी गर्न जान्छन् । आमा भने यी वालकहरुको रेखदेख गर्दैमा दिन बित्छ । नजर बाट एकछिन छोड्यो भने फोहोर खेल्ने,फोहोर खाने अनि दाजु भाइ आफु आफुमा ढुङ्गाले हानाहान गर्ने गर्छन् भन्छन् मलिन अनुहार लिदै वालकका हजुरवुवा मुखिलाल धामी ।

आफ्ना नातीहरुको यो अबस्थाको बारेमा बोल्दा ज्यादै भाबुक बनेका हजुरवुवालाई यी नातीहरुको  धेरै चिन्ता रहेको दुखेसो पोख्छन् । यी दुवैको स्याहार सुसारले काममा जान समय पाउनै मुस्किल हुन्छ भन्छिन वालकहरुकी आमा तेयाबत्ती धामी । आमा काममा जान नपाएको वुवा एक्लैको कमाइले घर खर्च चलाउन आफुलाई असहज भएको उनको पितालाई त छदैछ तर कोही सहयोग गर्ने सस्था वा व्यक्ति पाए यी वालकहरुलाई राम्रो स्थानमा लगेर उपचारको लागि देखाउने थिएँ भन्छन् वालकाका वुवा अर्जुन धामी ।

यी वालकहरुको दैनिक दिनचर्या धेरै माया लाग्दो छ कसैले सहयोग गरिदिए बा उपचार सम्भव हुने भए उपचार पाए राम्रो हुन्थ्यो भन्छन् यी वालकका छिमेकी शंकर राज धामी । कुनै सस्थाहरुले राखेर पढाइ दिए यीनीहरुको भविष्य  केही राम्रो हुने थियो , वा उपचार सम्भव भए  गराइ दिए राम्रो हुने थियो भन्छन् अर्का छिमेकी किशोर वस्नेत ।

आफुलाई अपाङ्ग सम्बबिन्ध कुनै संघ सस्थाको बारेमा थाहा नभएका , कतै चिनजान र पहल पनि गर्न   नसकेको तथा आर्थिक अबस्था पनि त्यती राम्रो नभएको बताउने वालकका पिता अर्जुनले पनि व्यक्ति वा सस्था बाट उपचार तथा राखेर पढाउने वातावरण मिलाइदिए हाम्रो लागि ठुलो उपकार हुनेथियो भन्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.