Websoft University

मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर


काठमाण्डौं,पुस २१ गते । रातो तारा डट कम, राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ । विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहेका तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ मागदावीसहित मुद्दा दायर गरिएको छ ।

वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो । तामाङ स्काई ओभरसिज नामक मेनपावर कम्पनीका सञ्चालक हुनुहुन्छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.