Websoft University

जोगबनी-किमाथांका १६२ किलोमिटर सडक मध्ये अब १४ किमि ट्रयाक खोल्न बाकी-काम धमाधम हुँदै


विराटनगर / रातो तारा डट कम, लामो समयदेखि चर्चा र बहसमा रहेको किमाथांका नाका अब एक वर्षमा खोलिने भएको छ। खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेकोछ।

उक्त ट्रयाक पनि आगामि वैशाखसम्ममा ठेक्कामा लाग्ने र अर्को वर्षसम्ममा सकिने सडक योजनाको दाबी छ।
२०६५ सालमा स्थापना भएर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारीका अनुसार शंखे भिरका कारण उक्त ट्रयाक खोल्न समस्या भएको हो। ,

अत्यन्तै कडा चट्टानका कारण उक्त क्षेत्रमा सडक खोल्न समस्या पर्ने देखिन्छ। त्यसका लागि सडक विभागले नेपालीसेनाको सहयोगमा काम गर्ने कोशिस भइरहेकोछ । सडक योजनाका इन्जिनियर अशोककुमार साहले भने, ‘विष्फोट गराएर चट्टान फोर्नुपर्ने बाध्यताका कारण केही ढिलाई हुन गएको छ।’ थाहा खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.