काठमाण्डौं,पुस २५ गते । रातो तारा डट कम,‘लिटल बुद्ध’ नामले चिनिएका रामबहादुर बम्जनमाथि अनुसन्धान गरि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएकोछ । बम्जनलाई आश्रमबाट मान्छे बेपत्ता पारेको, आश्रममा रहेका आनीलाई हिंसा गरेको लगायत आरोप लागेको छ ।
केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता एवम् प्रहरी उपरिक्षक उमा चर्तुवेदले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बम्जनको आश्रममा शंकास्पद घटना भएको पाइएपछि अनुसन्धान जारी रहेको बताउनुभयो ।
रौतहटका गंगा मायाँ तामाङले गत भदौ ३० गते सीआईएनमा पत्रकार सम्मेलन गर्दै आश्रममा रहँदा आफूलाई बम्जनले बलात्कार गरेको आरोप लगाउनुभएको थियो । बम्जनमाथी आश्रममा रहेका एक व्यक्तिको हत्या गरेको र ३ जना बेपत्ता पारेको आरोप पनि लागेको छ ।
Post a Comment