Websoft University

जीप दुर्घटनामा परि, ३ जनाको अवस्था चिन्ताजनक

{फायल फोटो}

बिराटनगर,पुस २२ गते । रातो तारा डट कम,भोजपुरको हतुवागढी गाउँपालिकामा ल्याण्डरोभर(जीप) दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । हसनपुरबाट घोरेटार आउदै गरेको स १ ज ९० नम्बरको जीप आज दिउँसो १ बजे ब्रेक फेल भएर वडा नम्बर ४ – खैराङ्को वडा कार्यालय छेउमा दुर्घटना भएको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुर्घटनामा परी घाइते हुनेमा हतुवागढी गाउँपालिका ४ खैराङ्का अम्बर कार्की, हतुवागढी २ का लङ्कमान राई, मनमाया राई, प्रितम राई, आमचोक गाउँपालिका –६ का जितमान राई, आश्मा राई, कुशुम राई, आमचोक – २ का सन्तोस चौहान, हतवागढी –१ का गोपाल बस्नेत, चालक सुनसरी बराहाक्षेत्रका जिवन सुवेदी, सहचालक हतुवागढि –५  का यादव श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा हतुवाढी –२ शंखरानी आधारभुत विद्यालयका शिक्षक लङकमान राई, प्रितम राई र जितमान राई गम्भिर घाइते हुनु भएको छ । घाइते सबैको दुर्घटनास्थल  प्राथामिक स्वास्थ्य चौकि घोरेटारको समान्य उपचार पछि थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रीफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.