काठमाण्डौं,माघ ८ गते । रातो तारा डट कम,युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा ७० करोड रुपैयाँ बढी रकम लगानी गरेको छ । युवाहरुलाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थाहरु मार्फत ७० करोड २० लाख रुपैयाँ बढी रकम लगानी गरेको हो ।
त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थाहरुसँग सम्झौता भई हालसम्म ५५ करोड ७० लाख रुपैयाँ लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव माधव दाहालले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका १४ वटा सहकारी संस्थामा मात्रै अहिले ५५ करोड ७० लाख रुपैयाँ लगानी भइसकेको छ । १४ वटा सहकारी संस्थाका ३ सय २१ जना युवाहरुलाई कोषले व्यवसाियक बन्न ऋण सहयोग गरेको हो । सहकारी संस्थाहरुले कोषबाट लिएको ऋण वापतको रकम ४२ महिनामा फिर्ता गर्ने गरेका छन् ।
कोषले २०६९ सालबाट बर्सेनि सहकारीहरुलाई स्वरोजगारका लागि ऋण लगानी गर्दै आएको छ ।
Post a Comment