बिराटनगर, माघ १५ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय रानीले सोमवार बरामद गरेको अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको मोटर पार्टस् भन्सार बुझाएको छ ।
भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटरको पार्टपूर्जा सहित बिराटनगर महानगरपालिका-५ बस्ने बर्ष ३० को बिकाश सिन्हालाई पक्राउ गरेको थियो ।
विराटनगर महानगरपालिका-१५ दक्षिण गेटबाट प्रहरीले साँझ ६ बजे को २० प ९४८५ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका सिन्हालाई आवश्यक कारवाहीको लागि आज विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment