Websoft University

दक्षिण एसियाली देशका महिलाहरुको सम्मेलन आज सम्म


{फायल फोटो}
काठमाण्डौं,माघ १२ गते । रातो तारा डट कम,काठमान्डौंमा दक्षिण एसियाली देशका महिलाहरुको सम्मेलन शुरु भएको छ । हिजो र आज सम्म चल्ने दुई दिने सम्मेलनमा दक्षिण एसियाली देशका महिलाका समस्या, कानुनी जटिलता र समाधानको उपाय खोजि गरिने छ ।

सम्मेलनमा दक्षिण एसियाली आठ देशका महिला अधिकारको क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधीको सहभागिता छ ।  सम्मेलनमा सार्क राष्ट्र भित्रका महिलाहरुले भोग्दै आएको लैंगिक विभेद् र अन्त्यका लागि भईरहेको पहलका विषय छलफल हुने आयोजक शान्ति न्याय र लोकतन्त्रका लागि सामावेशी महिला सञ्जाल संकल्पका अध्यक्ष लिली थापाले बताउनुभयो ।

सम्मेलनमा धारणा राख्दै, सार्क सेक्रेटरी जेनरल अम्जात हुसेनले दक्षिण एसियाका महिलाहरुमा चेतना अभिवृद्धि गर्न सार्कले काम गरिरहेको बताउनुभयो । यस क्षेत्रका महिलाको विकासका लागि सम्मेलन प्रभावकारी हुने उहाँको भनाई थियो ।

दक्षिण एसियाली देशहरुको आर्थिक, सामाजिक पृष्ठभुमी समान जस्तै रहेकाले यहाँका महिलाहरुको समस्या पनि समान छ । यस क्षेत्रका महिलाहरुलाई एकताबद्ध बनाउन सम्मेलन सफल हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले विश्वास व्यक्त गर्नुभयो । भोली दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन, सार्कलाई घोषणापत्र बुझाउँदै सम्मेलन सकिनेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.