Websoft University

चीनको जनसंख्या वृद्धिदरमा उल्लेख्य कमी आउने प्रक्षेपण


बिराटनगर,पुस २३ गते । रातो तारा डट कम,जनसंख्या वृद्धिदरमा उल्लेख्य कमी आउने प्रक्षेपण सहितको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ । चाईना एकेडेमी अफ सोसियल साईन्सेसले गरेको अध्ययन अनुसार सन् २०२९ सम्ममा चीनको जनसंख्या १ अर्ब ४४ करोड पुग्ने देखिएको हो ।

उक्त अवधिमा चीनको जनसंख्या १ अर्ब ४१ करोड पुग्ने प्रक्षेपण संयुक्त राष्ट्रसंघले यसअघि नै गरेको थियो । उक्त समयका लागि कम कर्मचारीको प्रयोग र वृद्धवृद्धालाई समेत श्रममा प्रयोग गर्ने उपाय सहितको नीति बनाउन अध्ययनले सरकारलाई सुझाएको छ ।

सन् २०१५ मा एक सन्तान नीति खारेज गरेको चीनमा अबको दश वर्ष जनसंख्या वृद्धिदर उच्च हुने अध्ययनमा उल्लेख छ । प्रजनन दर कम हुँदा जनसंख्या घटेका कारण श्रमबजारमा जनशक्ति अभाव सुरु भएपछि सरकारले एक सन्तान नीति खारेज गरेकोथियो । सन् २०६५ सम्ममा चीनको जनसंख्यामा सन् २०२९ को दाँजोमा २७ करोडले कमी आउने छ । सन् २०१७ मा २४ करोड वृद्धवृद्धा रहेको चीनमा सन् २०३५ मा वृद्धवृद्धाको संख्या ४० करोड पुग्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.