काठमाण्र्डौ, माघ ७ गते । रातो तारा डट कम,व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश हुनेछ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ । कांग्रेसले डाक्टर गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन सहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ ।
१५ औं अनशनमा भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसको पनि समर्थन छ । सत्तापक्ष नेकपाले भने ९५ प्रतिशत माग पुरा भएको दावी गरेको छ । संसदीय मर्यादाको ख्याल गरेर भएपनि पारित गर्ने सत्तापक्षको दावी छ । संसदको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ ।
Post a Comment