काठमाण्डौं,पुस २५ गते । रातो तारा डट कम,नेपाली कांग्रेसले संसदमा प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेको छ । हिजो बसेको संसदिय दलको बैठकले प्रधानमन्त्री र मन्त्रीले बोल्दा हरेक पटक प्रश्न गर्न पाउनुपर्ने निर्णय पनि गरेको छ ।
संसदको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकले अस्ति संसदमा प्रधानमन्त्रीको सम्बोधन पछि प्रश्न सोध्न नपाएकोमा दुःख व्यक्त गरेको प्रमुख सचेतक बालकृष्ण खाणले सीआईएनसँग बताउनुभयो । आजको बैठकमा पनि प्रश्न उत्तर नभए संसद चल्न नदिने तयारी गरेको उहाँले बताउनुभयो ।
यस्तै सरकारको काम प्रभावकारी नभएको निष्कर्ष सहित सरकारको कामको अनुगमन गर्न छायाँ सरकार गठन गर्ने निर्णय पनि गरिएको खाणले बताउनुभयो । छायाँ सरकारको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।
Post a Comment