Websoft University

कर्मचारी अध्यादेश संशोधन गर्न माग गर्दै चिकित्सकद्धारा मन्त्रालय घेराउ


काठमाण्डों,पुस २३  गते । रातो तारा डट कम,कर्मचारी समायोजन अध्यादेश र स्वास्थ्य क्षेत्रका सांगठनिक संरचनाप्रति असन्तुष्टी जनाउँदै सरकारी चिकित्सक संघ नेपालले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।

कर्मचारी समायोजन अध्यादेशमा निजामति कर्मचारी र स्वास्थ्य क्षेत्रका कर्मचारीबीच विभेदकारी व्यवस्था गरिएकाले संघले असन्तुष्टी जनाउँदै बिहान १० देखि ११ बजेसम्म एक घण्टा मन्त्रालय घेराउ गरेको हो । संघको घेराउपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसंग वार्ता भएपनि निष्कर्ष विहिन भएको संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताउनुभयो ।

आफूहरुको माग प्रति मन्त्री संवेदनशील नरहेको उहाँले आरोप लगाउनुभयो । कर्मचारी समायोजन अध्यादेशमा चिकित्सा क्षेत्रका व्यक्ति र प्राविधिक कर्मचारीलाई पनि निजामति कर्मचारी सरह व्यवस्था गरिनुपर्ने, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवाकै कर्मचारी नियुक्त गरिनुपर्ने लगायत ३ बुँदे माग संघले अघि सारेको छ ।

आफूहरुको माग सुनुवाई नभए भोलिदेखि देशव्यापी आन्दोलन गर्ने संघले घोषणा गरिसकेको छ । संघले काठमाण्डौं केन्द्रित आन्दोलन देशव्यापी बनाउने उद्देश्यले भोलिदेखि बिहान १० देखि ११ बजेसम्म जिल्ला अस्पतालमा धर्ना दिने कार्यक्रम तय गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.