मोरङ, पौष २० गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका-१ नन्दखोलाबाट वालुवा निकाल्ने क्रममा कुटपिट हुँदा १ जना घाईते भएका छन् । हिजो दिँउसो साढे १२ बजेको समयमा सोही स्थान बस्ने बर्ष २१ को भिलु राउत र बर्ष २५ को अनिरुद्र साहबिच बादविबाद हुदा भिलु राउतले अनिरुद्र साहलाई बाल्टिनले छातीमा हान्दा बेहोस भएका साहलाई तत्काल उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल ल्याईएको थियो ।
कुटपिट गर्ने भिलु राउतलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment