Websoft University

अन्तराष्ट्रिय समचार–राष्ट्रपतिले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउन आपतकालको घोषणा गरै भए पनि पर्खाल लगाउने

काठमाण्डौं,पुस २१ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नछुट्याए आफूले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिनुभएको छ ।

उहाँले दुई सातादेखि आंशिक रुपमा प्रभावित हुँदै आएको सरकारी कामकाज वर्षौंसम्म पनि लम्बिन सक्ने चेतावनी दिनुभयो । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयलाई कंग्रेसले बेवास्ता गरे राष्ट्रिय आपतकालको घोषणासमेत गर्न सकिने बताउनुभयो ।

उहाँले पर्खाल लगाउन बजेट  विनियोजन नगरे कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान व्यक्त गर्नुभयो । तर डेमोक्रेटिक पार्टी भने पर्खाल लगाउन बजेट विनियोजन नगर्ने पक्षमा छ । यही विवादका कारण अमेरिकाका ८ लाख संघीय कर्मचारीले गत डिसेम्बर २२ देखि तलवसमेत पाएका छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.