काठमाण्डौं,पुस २५ गते । रातो तारा डट कम,रौतहटको एक गाउपालिकाले पानीमा ढल मिसाउने उद्योगमाथी कारवाहीको माग गरेको छ । रौतहटको दुर्गा भगवती गाउपालिकाले खोलामा प्रदूषित पानीको ढल मिसाउने जिल्लाका दुई उद्योगलाई कारबाही गर्न माग गरेको हो ।
श्रीराम सुगर मिल्स् र ज्योति डिस्टिलरी प्रालिले उद्योगबाट निस्किएको ढल झाझ खोलामा मिसाउने गरेको भन्दै गाउपालिकाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएकोछ । दूषित पानी खोलामा मिसाउदा जलचर जीवको अस्तित्व नै संकटमा परेको र प्रदूषित पानी पशुचौपायाले खादा मर्ने सम्भावना बढेको भन्दै दुवै उद्योगलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको गाउपालिकाका अध्यक्ष अरुणकुमार साहले बताउनुभयो ।
ज्योति डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश जयसवालले भने आफ्नो उद्योगबाट दूषित पानी खोलामा नछाडिएको र उद्योग छेउमै आधा दर्जनभन्दा बढी पोखरी खनेर भण्डारण गर्ने गरिएको दाबी गर्नुभएको छ । श्रीराम सुगर मिल्सका महाप्रबन्धक पिके झाले एक साताअघि प्रशोधन गरेर मात्र झाझ खोलामा उद्योगको पानी छाडिएको दाबी गर्दै आउनुभएको छ ।

Post a Comment