Websoft University

उत्पादन मुखि शिक्षामा जोड दिनु आजको आवश्यक्ता हो–राष्टपति भण्डारी

बिराटनगर,पुस १९ गते । रातो तारा डट कम,पुर्वाञ्चल विश्वविधालयले आज भव्यरुपमा २५ औं वार्षिक उत्सव तथा आफनो रजत महोत्सव १ प्रदेशको राजधानी बिराटनगरमा मनायो । कार्यक्रमको प्रमुख अतिथि संममाननीय राष्टपति श्रीमती विधादेवी भण्डारीले रजत महोत्सव स्थम्भको व्यानर हटाएर र कार्यक्रमको पानसमा बति बालेर रजत महोत्सवको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई संम्वोधन गर्दै राष्टपति श्रीमती विधादेवी भण्डारीले पुर्वाञ्चल विश्वविधालयले स्थापनाको २५ औं वार्षिक उत्सव–रजत महोत्सव मनाईरहकाले सफलताको शुभकामना छ भन्नु भयो । अहिले गुणस्तरीय शिक्षा नहुदा बिधार्थीहरु पलाएन भएकाछन त्यस्तो क्रम रोक्निु पर्छ र यस विश्वविधालयले शिक्षामा शुधार ल्याएर पुर्वाधार बिकासमा सहयोगी हुने र उत्पादन मुखि शिक्षामा जोड दिन निर्देशन गर्दै, यो आजको आवस्यक्ता पनि हो भन्नु भयो ।

१ नम्वर प्रदेशमा प्रकृतिले उपहार दिएका कुराहरुलाई मात्र ख्याल गर्दै,ऋण बोकेर युवाहरु बिदेश जाने क्रमलाई रोक्न, उत्पादनसिल शिक्षामा जोड दिदै,शिक्षा प्रतिको जनताको भावनालाई सम्मान गर्नु उचित हुने बताउनु भयो ।

१ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले कार्यक्रमलाई सम्वोधन गर्दै,शैक्षिक प्रगतिले नै देशको बिकासमा सहयोग पुग्ने भएकाले व्यावसायिक शिक्षमा जोडनु पर्ने भन्दै, पुर्वाञ्चल विश्वविधालय अहिले रजत महोत्सव मनाईरहदा सम्म भौतिक हिसावले सम्पन्न छ अइौ प्रगति होस र २५ औं वार्षिक उत्सव तथा आफनो रजत महोत्सव सफलताको शुभ कामना छ भन्नु भयो ।

पुर्वाञ्चल विश्वविधालयका सहकुल पति तथा शिक्षा बिज्ञान प्रविधि मंन्त्री गिरीजमणी पोखरेलले अव शिक्ष्ाँको पाठ्यक्रम लाई सुधार गरी उत्पादन मुखि बिक्षामा जोड दिने भन्दै यो पुर्वाञ्चल विश्वविधालय अन्तरगत २३५० बिधार्थी अध्यानरत रहेका छन भन्ने जानकारी गराउदै, रजत महोत्सव सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रमा पुर्व उपप्रधन मंन्त्री भरत महोहन अधिकारी,आउनु भएन, पुर्वाञ्चल विश्वविधालयका पुर्व सेवा आयोगका अध्यक्ष कृष्ण पोखरेल,पुर्व उपकुलपति तोरन बहादुर कार्की, पुर्व मेयर असोक कोईराला,रुव, धुब्रनारायण लाल दास,समेतलाई राष्टपति श्रीमती विधादेवी भण्डारी द्घारा सम्मान पत्र दिनु भएको थियो ।
पुर्वाञ्चल विश्वविधालयलका उपकुलपति प्रा डा घनश्याम लाल दासको सभापतित्वमा कार्यक्रम भएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.