सुनसरी, पौष १८ गते । रातो तारा डट कम ,सुनसरीको ईटहरी उपमहानगरपालिका-८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान १०:५५ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको AS07AC5633 नम्बरको ग्याँस बोक्ने LP ट्रकले पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक बिराटनगरका ५० बर्षीय गिरीराज ढकाल गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि स्थानीय पशुपति मेडिकलमा लगिएको थियो । ढकाललाई उक्त मेडिकलमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा आजै १२:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेका छन् ।
Post a Comment