झापा, पौष २५ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका-७ निमपत्रिया चोकमा मंगलवार राती चोरी भएको छ ।
राती साढे १० बजेको समयमा सोही स्थान बस्ने वर्ष ३२ को हेमन्त भण्डारीको घरमा कोही नभएको समयमा अन्दाजी ६ लाख ६४ हजार ६० रुपैँया मूल्य बराबरको धनमाल चोरी भएको हो ।
भण्डारीको घरमा कोही नभएको मौका छोपी घरको ढोका फोरेर घर भित्र भएको नगद ४५ हजार रुपैयाँ, ९ तोला सुन, चाँदी १ सय १९ तोला, झर्के थाल-१२ थान र लोटा-६ थान चोरी भएको थियो ।
घटनाको जानकारी पाँउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरीको टोली खटि गई आवश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment