काठमाण्डौ,फागुन १२ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले वार्ता गर्नुपर्ने बताउनु भएकोछ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (विप्लल) सँग सरकारले वार्ता गर्नुपर्ने आफनो धारणा राखेका हुन ।
छिटो सम्बद्ध पक्षसँग वार्ता गरी समस्याको समाधान गर्न सरकारलाई प्रतिपक्षको सहयोग रहने जानकारी गराउँदै उहाँले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाउनुभयो ।
Post a Comment