Websoft University

नेकपाको बैठकमा कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने विवाद कायमै बैठक फेरी बस्ने



काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा साङ्गठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप्ने वा नथप्ने भन्ने विवाद भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेको नेताहरूले बताएका
छन् । बहुमत सदस्य भने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा रहेको बताइएकोछ ।

सचिवालय र कार्यदल सदस्यहरूको बैठकमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि कार्यदल विघटनको पक्षमा उभिएको स्रोतले जनाएकोछ । कार्यदलका अधिकांश सदस्यहरूले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका थिए ।

फेरि बैठक बस्ने गरी बैठक सकिएको छ । पार्टी एकीकरणको बाँकी काम टुङ्गोमा पु¥याउन एक साताको समय माग गरिएको कार्यदल सदस्य नेता योगेश भट्टराईले जानकारी दिनु भयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.