काठमाण्डौं फागुन ९ गते । रातो तारा डट कम,राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा माग्नुभएको छ । सांसद वलिले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्नगर्नुभयो ।
आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरुबारे सम्बन्धित युवतीहरु र पिडितहरुले नै उजुरी गर्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ? भन्दै सांसद वलिले सरकारको जवाफ माग गर्नुभएको थियो ।
प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसंग जवाफ माग गर्नुभयो । जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताउनुभएको थियो । अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी दिनुभयो ।
Post a Comment