Websoft University

चिकित्सा बिधेययक काँग्रेस पछि उल्ट्याइदिने



काठमाण्डौं,माघ १९ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकारमा पुगेपछि चिकित्सा शिक्षा विधेयकलाई उल्टाइदिने चेतावनी दिनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अनसनरत डा. गोविन्द केसीलाई अनसन स्थगन गरेर अन्य आन्दोलन गर्न समेत आग्रह गर्नुभयो । डा. केसीले उठाएका मागहरु जनताका माग भएका हुँदा काँग्रेसले पनि साथ दिने र काँग्रेस सत्तामा पुगेपछि ती माग पूरा गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो  ।

आफ्नो गल्ती स्वीकार गर्न नसक्नु नै प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो कमजोरी रहेको प्रवक्ता शर्माको भनाइ छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र सेना प्रकरणमा हात हाल्नु नै ठूलो गल्ती भएको स्वीकार गरे पनि ओलीले त्यसरी आफ्ना गल्ती नस्वीकार्नु भनेको निरंकुशतातर्फ उन्मुख भएको शर्माले टिप्पणी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.