{फायल फोटो}
काठमाण्डौं,माघ २४ गते । रातो तारा डट कम,सार्वजनिक बिदा समावेश नगरी विं.सं २०७६ को पात्रो प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकोछ । समितिले वि.सं. २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रोलाई स्वीकृति दिएकोछ ।
समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आह्वान गर्नुभएको
छ । आफूखुसी निस्कने पात्रोका कारण मानिसमा चाडवाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ ।
गृह मन्त्रालयले विसं २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उहाँले जानकारी दिनुभयो । यसअघि २०७४ र २०७५ सालमा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो ।
Post a Comment