Websoft University

जिल्ला प्रहरी कार्यालय ईलामले शुरु गर्यो “प्रहरीसंग एक दिन” कार्यक्रमको थालनी


ईलाम, फाल्गुन ११ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई लक्षित गरी "प्रहरीसँग एक दिन"(ONE DAY WITH POLICE) कार्यक्रमको थालनी गरेको छ ।

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो । यो कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरी कार्यालयमा भ्रमण गराई प्रहरी कार्यालयमा प्रबेश देखी जनतासंग प्रत्यक्ष सरोकार राख्‍ने शाखाहरुनागरीक सहायता कक्ष,प्रहरी कन्ट्रोल रुम, महिला तथा बालबालिका सेवा कक्ष, हिरासत कक्ष लगायतको अवलोकन भ्रमण गराई प्रहरीका बिबिध बिषयहरुमा जानकारी दिईने छ।

आम नागरीकहरुको सेवा र सुरक्षामा २४ सै घण्टा खटिने प्रहरी जनताको सेवक हो शासक होईन भन्ने कुराको जानकारी गराउने  उदेश्य अनुसार यो कार्यक्रमको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनु भयो । 

बिद्यार्थीहरुलाई मात्र यस्ता कुराहरुको जानकारी दिन सकेमा  हरेक घर घरमा चेतना फैलाउन सकिने लक्ष्य र उदेश्यका साथ बिद्यार्थीहरुलाई समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा, प्रहरी-विद्यालय सम्पर्क समितिको संरचना र काम कर्तव्य तथा अधिकारबालबालिकाका लागि आधारभूत सुरक्षाआकस्मिक नम्बरहरुको प्रयोग एवं समाजमा शान्ति सु:व्यवस्था कायम गर्न र अपराध नियन्त्रण, रोकथाम तथा न्युनिकरणमा विद्यार्थीको भूमिकाको विषयमा जानकारी दिदै आएको वहाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.