Websoft University

सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म अनलाइन, पोर्टल, ब्लगलाई गलत बाटोमा जानबाट रोक्न बिधेक ल्याएको सन्चार मन्त्रीको भनाई,


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने सरकारको आज सम्म कुनै मनसाय सरकारको नरहेको बताउनु भएकोछ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना प्रविधिसम्बन्धी बिधेयक २०७५ लाई गलत ढङ्गले प्रचारप्रसार गरिएको भन्दै मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासलाई रोक लगाउने उद्देश्यका साथ विधेयक नल्याईएको स्पष्ट पार्नु भएकोछ । यही फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बढ्दो साइबर क्राईमलाई नियन्त्रण गर्दै समाजिक सञ्जाललगायत प्रविधिलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।

लेख्न बोल्न पाउने नागरिकको कुनै पनि हक अधिकारलाई बन्देज गराउनका लागि विधेयक नल्याईएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म अनलाइन, पोर्टल, ब्लगलाई सामाजिक हित र मौलिक मान्यता विरुद्ध जानबाट रोक्न सरकारले विधेयक ल्याएको मन्त्री बास्कोटाले उल्लेख गर्नुभयो ।

राष्ट्रियतासँग जोडिएका विषयमा उजुरी गर्ने स्थानका लागि पनि सामाजिक सञ्जाल तथा युटुब च्यानल सञ्चालकको कार्यालय नेपालमा हुनु आवश्यक रहेको बास्कोटाले बताउनु भयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.