काठमाण्डौं,माघ १९ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताउनुभएकोछ । नेपाल कम्यूनिष्ट पार्टी नेकपांका सांसदहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकोहो ।
प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसद्हरूलाई निर्देशन दिनुभयो । पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाउनु भएकोहो । “पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रूप लिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् ।
त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।” प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरूलाई विभिन्न विषयमा प्रशिक्षित गरिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरूसँग घनिष्ट सम्बन्ध राख्न पनि आग्रह गर्नुभएको छ ।

Post a Comment